काँग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काँग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

केन्द्रबिन्दु
84
Shares

काठमाडौं। नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ।

आगामी शनिबारदेखि गोदावरीमा हुन लागेको पार्टीको महासमिति बैठकको तयारीका विषयमा छलफल गर्न सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिको बैठक बोलाएका हुन्।

बिहीबार दिउँसो १ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा बस्ने बैठकले महासमिति बैठकका एजेन्डाहरु तय गर्ने र बैठकमा प्रस्तुत गर्ने तयारी रहेका प्रतिवेदनहरु समेत पास गर्ने जनाइएको छ।

५ गतेदेखि ९ गतेसम्म हुने महासमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले अलग–अलग प्रतिवेदनहरु पेश गर्ने कार्यसूची रहेको छ। सूचना तथा सञ्चार विभागका प्रमुख मीन विश्वकर्माले पार्टीले महासमितिको बैठकको सम्पूर्ण तयारी पूरा गरिसकेको जानकारी दिए।

Logo