दुई संसदीय समितिको बैठक बस्दै

दुई संसदीय समितिको बैठक बस्दै

केन्द्रबिन्दु
140
Shares

काठमाडौँ। आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ। जसअनुसार बिहान ११ बजे अर्थ समितिको बैठक बस्दैछ। सिंहदरबारमा बस्ने बैठकमा मुलुकमा विद्यमान राजश्व सङ्कलन र चुहावटको स्थिति र भन्सार कार्यालयहरूमा रहेका समस्या र समाधानका उपाय सम्बन्धमा छलफल हुनुका साथै सोह्रौँ पञ्चवर्षीय योजनाको मस्यौदा सम्बन्धमा छलफल हुनेछ।

त्यस्तै बिहान ११ बजे नै बस्ने राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्दैछ। बैठकमा नेपाल सरकार, प्रदेश र स्थानीय तहबिच र प्रदेश तथा स्थानीय तहबिच राजश्व बाँडफाँड गर्ने विस्तृत आधार, प्रक्रिया, सूचक तथा ढाँचाको सम्बन्धमा छलफल हुनेछ। साथै नेपाल सरकारले प्रदेश तथा स्थानीय तहलाई र प्रदेशले स्थानीय तहलाई उपलब्ध गराउने वित्तीय समानीकरण अनुदान सिफारिस गर्दा प्रत्येक प्रदेश र स्थानीय तहले प्राप्त गर्ने न्यूनतम अनुदान निर्धारण गर्ने प्रक्रिया तथा विधि, आधार र सूचकको सम्बन्धमा छलफल हुने जनाइएकाे छ।

Logo