माओवादीले तत्काल पार्टीको नाम र चुनाव चिह्न नफेर्ने, घटाइयो केन्द्रीय कमिटीको आकार

माओवादीले तत्काल पार्टीको नाम र चुनाव चिह्न नफेर्ने, घटाइयो केन्द्रीय कमिटीको आकार

केन्द्रबिन्दु
56
Shares

नेकपा माओवादी केन्द्रले तत्काल पार्टीको नाम र चुनाव चिह्न नफेर्ने भएको छ ।

प्रज्ञा भवनमा जारी विधान अधिवेशनमा नेताहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टीको नाम र चुनाव चिह्न तत्काल नबदल्ने बताएका हुन् । आवश्यक परे यसबारे पछि निर्णय दिने उनले बताए ।

त्यस्तै, विधान अधिवेशनले १९९ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय गरेको छ । माओवादीको प्रस्तावित मस्यौदा विधानमा १५१ सदस्यीय केन्द्रीय समिति बनाउने प्रस्ताव गरिएको थियो । तर, विधान अधिवेशन हलले संख्या बढाएको हो ।

Logo