माओवादी केन्द्रको विधान परिमार्जनसहित पारित

माओवादी केन्द्रको विधान परिमार्जनसहित पारित

केन्द्रबिन्दु
56
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको प्रथम विधान अधिवेशनले पार्टीको विधान परिमार्जनसहित पारित गरेको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको विधान बिहीबार पारित गरेको हो ।

राजधानीमा भएको विधान अधिवेशनमा समूहगत छलफलबाट संकलित सुझावका आधारमा तयार परिमार्जित विधान पारित गरिएको पार्टीले जनाएको छ । २० समूहमा रहेका सहभागीले पार्टी विधान समयानुकूल बनाउन विभिन्न सुझाव दिएका थिए ।

अधिवेशनमा अध्यक्ष प्रचण्डले विधानलाई समृद्ध बनाउनका लागि महत्वपूर्ण सुझाव प्राप्त भएको उल्लेख गर्दै पार्टी नयाँ तवरले अगाडि बढ्ने विश्वास व्यक्त गरे । विधान अधिवेशनलगतै विशेष महाधिवेशनमा तयारीको प्रक्रिया सुरु हुने बताउँदै उनले विचार अझ बढी केन्द्रित र संश्लेषित हुने बताए ।

Logo