काँग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै

काँग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै

केन्द्रबिन्दु
70
Shares

काठमाडौँ। नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ। बिहीबारदेखि सुरू भएको बैठकमा आगामी सोमबारदेखि गोदावरीमा हुन लागेको पार्टीको महासमिति बैठकको तयारीका विषयमा छलफल भइरहेको छ।

बिहीबारको बैठकमा महासमिति बैठकका लागि तयार गरिएका प्रतिवेदनहरु प्रस्तुत गरिएको थियो। उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीति र अर्का महामन्त्री गगन थापाले पार्टीको संगठनको विषयमा प्रतिवेदन तयार गरेका छन्। बिहीबारको बैठकमा ती नै प्रतिवेदनहरू केन्द्रीय समितिमा छलफलका लागि प्रस्तुत भएका थिए।

त्यसमाथि केन्द्रीय सदस्यहरूले धारणा र सुझाव राख्ने क्रम चलिरहेको छ। केन्द्रीय सदस्यहरूको धारणा समेतलाई समेटेर प्रतिवेदनलाई अन्तिम रुप दिने तयारी छ। शुक्रबार सानेपास्थित केन्द्रीय कार्यालयमा विहान ९ बजेबाट बैठक बस्ने सञ्चार तथा सुचना प्रविधि विभागका प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए। काँग्रेसको महासमिति बैठक ७ फागुनदेखि हुँदैछ।

Logo