आज गण्डकी प्रदेश सरकारले स्थापना दिवस मनाउँदै

आज गण्डकी प्रदेश सरकारले स्थापना दिवस मनाउँदै

केन्द्रबिन्दु
112
Shares

गण्डकी । गण्डकी प्रदेश सरकारले स्थापना दिवस विविध कार्यक्रम गरी मनाइँदैछ। यसै उपलक्ष्यमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङ र मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अलग अलग शुभकामना सन्देश जारी गरेका छन्।

प्रदेश प्रमुख गुरुङद्वारा आज जारी शुभकामना सन्देशमा सङ्घीयताको व्यावहारिक कार्यान्वयन आवश्यक भएकामा जोड दिएका छन्। सन्देशमा उनले संविधानले तीन तहका सरकारबीच सहअस्तित्व, समन्वय र सहकार्यको परिकल्पना गरेको बताए।

प्रत्येक तहका एकलसहित साझा संवैधानिक अधिकार र दायित्व पूरा गर्न सबैको सार्थक पहल र सहकार्य आवश्यक भएको सन्देशमा उल्लेख गर्दै नागरिकको विकास र समृद्धिको आकाङ्क्षालाई पूरा गर्न सङ्घीयताको व्यावहारिक कार्यान्वयनलाई ध्यान आग्रह गरे।

सन्देशमा नेपाली जनताको लामो सङ्घर्ष र बलिदानबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको हो जनाउँदै सन्देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र केवल शासन प्रणालीका रूपमा मात्र नभई नागरिकको जीवन पद्धति र शैलीका रूपमा स्थापित गर्न सक्दा मात्रै आम नागरिकले लोकतन्त्रको सुखद अनुभूति गर्न पाउने छन् भनिएको छ।

सङ्घीयतासँगै प्रदेशको स्थापनापश्चात् धेरै उदाहरणीय कार्य भएता पनि त्यो पूर्ण हुन नसकेको भन्दै उनले जनताको चाहना र लक्ष्यअनुसार प्रदेश सरकारमार्फत धेरै काम गर्न बाँकी रहेको बताए।

प्रदेश स्थापना दिवसले सङ्घर्षको प्रतिफलस्वरुप प्राप्त राजनीतिक व्यवस्थाबाट विकास र समृद्धि हासिल गर्ने बाटोमा अघि बढ्न सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गरिएको छ।

Logo