‘कांग्रेस महासमिति बैठक कर्मकाण्डी मात्र नबनोस्’ -भुपेन्द्रजंग शाही

‘कांग्रेस महासमिति बैठक कर्मकाण्डी मात्र नबनोस्’ -भुपेन्द्रजंग शाही

केन्द्रबिन्दु
14
Shares

काठमाडौं । नेपाली कांग्रेस महासमिति सदस्य एवं युवा नेता भुपेन्द्रजंग शाहीले नेपाली कांग्रेस महासमितिको बैठक बैठकका लागि मात्र बन्न नहुने बताएका छन् ।

शुक्रबार महासमिति बैठकका सम्बन्धमा आयोजना गरिएको छलफल कार्यक्रममा बोल्दै नेता शाहीले महासमिति बैठक सभापति, उपसभापति र महामन्त्रीहरुले प्रतिवेदन पढेर सक्ने बैठक बन्न नहुने बताएका हुन् ।

उनले भने,‘ललितपुरको गोदावरीमा आउँदो फगुन ७ गतेदेखि सुरु हुँदैछ । म पार्टी पदाधिकारीलाई आग्रह गर्न चाहन्छु, यो महासमिति बैठकमा सभापति, उपसभापति, महामन्त्रीहरुले प्रतिवेदन पढेर सुनाउने कर्मकाण्डी बैठक नबनोस् ।’

महासमिति बैठकले राष्ट्रिय विषय तथा जनताका समस्याहरु सम्बोधन गर्नसक्नुपर्ने नेता शाहीले बताए । उनले अघि भने, ‘आज देश कता गइरहेको छ । आम नेपाली जनताको चासोको विषयमा बहस भएन भने देशभरीबाट उठेका प्रश्नका जवाफ बैठकले दिन सकेन भने महासमितिको कुनै अर्थ रहँदैन ।’

पार्टीका नेताहरु देश र जनताको सवालहरुमा अझै गम्भीर बन्न जरुरी रहेको उनको भनाइ छ ।

Logo