अरूले नारा परिवर्तन गर्छन्, अब कांग्रेसले पारा परिवर्तन गर्नुपर्छ -भीम पराजुली

अरूले नारा परिवर्तन गर्छन्, अब कांग्रेसले पारा परिवर्तन गर्नुपर्छ -भीम पराजुली

केन्द्रबिन्दु
154
Shares

नेपाली कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय व्यवस्थालाई मजबुत बनाउन कांग्रेसले प्रयत्न गर्नुपर्ने बताएका छन् ।

कांग्रेस केन्द्रीय कमिटी बैठकमा आफ्ना धारणाहरू राख्ने क्रममा नेता पराजुलीले संसदीय व्यवस्थामाथि आम जनतामा निराशाको बादल मडारिएको बेला यसलाई मजबुत बनाउन कांग्रेसले नेतृत्व लिनुपर्ने बताएका हुन् । ‘लोकतन्त्र,प्रजातन्त्र,गणतन्त्र भनेको जनताले अनुभुती गर्ने कुरा हो । तर यी गुणले देशको रूपान्तरण किन गर्न सकेन र आज आलोचना भइरहेको छ ? हामी गम्भीर हुनुपर्ने स्थिति आइसकेको छ । गणतन्त्रमा जे दिन्छौ भनेका थियौँ त्यो डेलिभर गर्न सकेनौँ । आज जसका कारण जनतामा निराशाको बाढी लागेको छ ।’ उनले भने ।

उनले थपे, ‘नेपाली कांग्रेसको महासमितिको बैठक लाई नेपाली जनताले सुक्ष्मरूपले हेर्दै छन् । किनभने कांग्रेसले गर्ने हरेक निर्णयले देशको दिर्घकालसम्म प्रभाव पार्ने सक्ने विषयमाथि जनचासाे छ । अब अरूले नारा परिवर्तन गरि हिँड्छन्, कांग्रेसले पारा परिवर्तन गर्नुपर्छ ।’

नेता पराजुलीले मुलुककाे शिक्षा प्रणालीमा सुधार ल्याउनुपर्ने पनि बताए । ‘माेवाइलकाे फिचर परिवर्तन भएर नयाँ भर्सन आएजस्तै अहिलेका विद्यार्थीहरू पनि विभिन्न फरक क्षमताका फरक फिचरका आइसकेका छन् तर हाम्राे शिक्षा प्रणाली पुरानै फिचरकाे फाेन जस्तै भएको छ ।व्यवसायीक,व्यवहारिक र वैज्ञानिक शिक्षाकाे व्यवस्था गराैं ।’ उनले भने ।

यस्ता छन्, उनले बैठकमा राखेका ११ बुँदे धारणा –

१/ नेपाली कांग्रेसको महासमितिको बैठक लाई नेपाली जनताले सुक्ष्मरूपले हेर्दै छन् । किनभने कांग्रेसले गर्ने हरेक निर्णयले देशको दिर्घकाल सम्म प्रभाव पार्ने सक्ने विषयमाथि जनचासाे छ । अब अरूले नारा परिवर्तन गरि हिड्छन् ,कांग्रेसले पारा परिवर्तन गर्नु पर्छ ।

२/ संघीय लोकतान्त्रीक गणतन्त्रात्मक संसदीय व्यवस्थामाथि आम जनतामा निराशाकाे बादल मडारिएकाे छ यसलाई मजबुत बनाउन कांग्रेसले प्रयत्न गर्नु पर्छ । लाेकतन्त्र,प्रजातन्त्र,गणतन्त्र भनेको जनताले अनुभुती गर्ने कुरा हाे । तर यी गुणले देशकाे रूपान्तरण किन गर्न सकेन र आज आलोचना भइरहेको छ ? हामी गम्भीरहुनुपर्ने स्थिति आइसकेकाे छ । गणतन्त्रमा जे दिन्छाै भनेका थियौँ त्याे डेलिभर गर्न सकेनाै । आज जसका कारण जनतामा निराशाकाे बाढी लागेको छ ।

३/ नेपाली कांग्रेस संग युवा,तरूण,बुद्धिजीवी र पुराना कांग्रेसी रिसाएका छन् । जसले याे पार्टी माथि पसिना सिन्चित गरेकाे हुनुहुन्छ ,जाे युवा तरूण यहाँ बसेर याेगदान गर्न चाहन्छ उहाँहरूलाइ नीतिनिर्माणमा संलग्न गराउने गरि बिशेष प्रस्ताव पारित गराै ।

४/ माेवाइलकाे फिचर परिवर्तन भएर नयाँ भर्षन आएजस्तै अहिलेका विद्यार्थीहरू पनि विभिन्न फरक क्षमताका फरक फिचरका आइसकेका छन् तर हाम्राे शिक्षा प्रणाली पुरानै फिचरकाे फाेन जस्तै भएको छ ।व्यवसायीक,व्यवहारिक र वैज्ञानिक शिक्षाकाे व्यवस्था गराै ।

५/ मानिसका लागि २५ वर्षको समय चानचुने कुरा हैन । याे स्वर्णिम समय युद्ध र द्वन्द्वमा सकिएको छ । हामी यसवाट तङ्ग्रिदै याे व्यवस्था र अवस्था सम्म आइपुगेका छाै । तर हामीले अब जनताको लागि दिने राहत के हुन सक्छ ? बेरोजगारी ,आर्थिक मन्दीका बीच जनतालाई कसरी बचाउन सकिन्छ ? युवा,उद्यम र व्यवसायीहरूलाइ कसरी आश जगाउन सकिन्छ ? यसमा ध्यान दिउ ।

६/ २०७७ भदौमा भक्तपुरको मध्यपुर थिमिका किराना व्यवसायी सुदीप अधिकारी परिवारसहित घरमै मृत भेटिए । न्युरोड रञ्जना मलमा व्यापार गर्दै आएका सुदर्शन घिमिरेले आत्महत्याको बाटो रोजे । अर्का इलाम फिक्कलका प्रेमप्रसाद आचार्यले २०७९ माघ १० गते संसद भवन अगाडि प्रधानमन्त्रीले देख्ने गरी नै पेट्रोल खन्याएर आत्मदाह गरे । याे बहुचर्चित घटनानै वन्न पुग्याे । यी त ऋणले थिचिएर आत्महत्याको बाटो रोज्ने व्यवसायीहरुको प्रतिनिधि उदाहरणमात्र हो । यसै वीचमा १ दर्जन व्यवसायीले आत्महत्याको बाटो राेजे । याे समस्या समाधानको लागि हामी के गर्न सक्छौ ? यसमा पनि साेचाै । वैङ व्याजदर घटाउने ,राहत सेवा दिने वा राज्यलेनै एक पटकका लागि अवस्था सुधारका लागि पहलकदमी लिने काम गर्नु पर्छ ।

७/ यस्तै बैंकले ऋण केका लागि दिने र उसले कुन सीप र प्रयाेजनका लागि लगानी गर्ने हाे अब राज्यले अनुगमन गर्नु पर्छ ।

८/ नेपालमा धार्मिक आक्रमणको श्रृङखला बढेको छ । याे राेकिएन । यसाे हुनु भनेको हाम्रा धर्म ,परम्परा ,संस्कृति र सभ्यताको अन्त्य हुनु हाे । जुन देशकाे धर्म संस्कृति र सभ्यता माथि आक्रमण हुन्छ त्यसाे हुनु भनेकाे धार्मिक विचलनता निम्तिनु हाे । याे विचलनले देश द्वन्द्वमा जान्छ वा जानेवाला छ भन्ने शंकेत गर्दछ । यसाे हुन नदिन जनताले विश्वास गरेकाे दल नेपाली कांग्रेसले हिन्दु सनातन राष्ट्रकाे एजेन्डा बाेक्नु पर्छ । याे कुरा प्रतिवेदनमा समेटियोस् भन्न चाहन्छु ।

९/ संवैधानिक नियुक्ति र राजनैनिक नियुक्तिका सवालमा कांग्रेसले पारदर्शिता देखाउन आवश्यक छ । सुशाषन ,न्याय
परिणाममा देखिन आवश्यक छ ।

१०/ अब नेपालमा नाेटबन्दीकाे आबश्यकता देखियाे । ५०० र १००० का नाेटहरूमा नाेटवन्दी लगाउने एजेन्डा पारित गराै ।

११/व्यवसायी ,उद्योगी ,कृषकहरूलाइ प्राेत्साहन जगाउने काम गराै । व्यवस्था खुकुलो बनाउ,व्याजदर घटाउ,कलकारखाना चलाउ,युवाहरूलाई आश जगाउ ,व्यवसायी ,उद्योगी ,उद्यमीलाई आतंकित नगराउ ।

*नेपाली कांग्रेसको नीति प्रस्ताव : केही सुझाव
हाम्रो प्रदेश संरचना र केही नागरिक सवालहरु :

संघीय संरचनाले नागरिकको सरोकारका विषयलाई ध्यान दिन नसकीरहेको अवस्था छ ।
प्रदेशमा प्रदेश सभाले बनाएका कानून जनहितमा कार्यान्वयन नभएको जन गुनासो छ ।
सरकार र नागरिक सम्बन्ध टाढीएको छ ।
प्रदेश सभाको बैठक/छलफल र गतिबिधिमा नागरिकहरुको खासै चासो र रुची नरहेको अबस्था छ ।
प्रदेश संरचनाको पहुँच जनतासम्म पुग्न सकेको छैन जसले गर्दा प्रादेशिक संरचनाको औचित्यता साबित गर्न गाह्रो भएको छ ।
प्रदेश सभाले बनाएका कानूनले सर्वसाधारण नागरिकको दैनिक जीवन र जीविकामा कुनै सकारात्मक असर पारेको महशुस गर्न नसकेको नागरिक गुनासो छ ।
आम नागरिकले प्रदेश संरचनालाई खर्चिलो र अप्रभावकारी भएको भनी बेला बेलामा पत्रपत्रिका र विभिन्न व्यक्तिहरूले प्रदेश खारेज गर्नुपर्छ भनी आवाज उठाएको समेत पापाईन्छ ।
अब प्रदेशलाई प्रभावकारी र जनमुखी बनाउन दिशा तय गर्नु पर्छ ।
स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारबीचको सम्बन्ध र सहकार्य स्थापित हुनु पर्छ ।
प्रदेश सभा नागरिक समाज र संचार मध्यम बीच बेला बेलामा अन्तरक्रिया गर्ने बातावरण निर्माण गर्न सक्नु पर्छ ।
राजनीतिक सङ्घीयता, प्रशासनिक सङ्घीयता, तथा वित्तीय सङ्घीयताका मूल समस्या र सवालहरूलाई सम्बोधन गर्नुपर्छ ।

थप सरोकार
-प्रदेशले राम्रोसँग काम गर्न संवैधानिक प्रावधानहरूको पालना र सहयोगी संघीय कानूनहरू अझै भएको छैन ।
-राजनीतिक सङ्घीयता, प्रशासनिक सङ्घीयता, तथा वित्तीय सङ्घीयताका मूल समस्या र सवालहरू सम्बोधन गर्न सक्ने नीतिगत प्रयास आवस्यक छन् ।
-विवाद समाधानका निकायहरू राष्ट्रिय समन्वय परिषद्, वित्तीय आयोग, अन्तर प्रदेश समन्वय परिषद्, अन्तर प्रदेश परिषद्, आदिको प्रभावकारिता बढाउन सकिएकाे छैन ।
-संघ, प्रदेश र स्थानीय तहका मतभेदका मूल मुद्दा सम्बोधन हुनुपर्छ ।
-तीन तहबीच स्रोत बाँडफाँडमा विवादहरु छन् | ती विवादको निराकरण हुनु जरुरी छ ।
-प्रदेश भित्र प्रदेश सभा, प्रदेश सरकार, नागरिक समाज, गाउँपालिका महासङ्घ, नगरपालिका सङ्घ, आदि बिच एक-आपसमा समन्वयको खाँचो छ | कामको दोहोरोपन, स्रोतको बाँडफाँड, आदिको अवस्थामा यथोचित सम्बोधन जरुरी छ |

  • नेपाली कांग्रेसको समय सापेक्ष रुपान्तरंको सवाल

१. स्थीर नीति होइन, राष्ट्रियता, लोकतन्त्र र समाजवादको परिवर्तित सन्दर्भको रुपान्तरण आवस्यक छ | आम नेपालीका लागि समय सुहाउँदो गाँस, बास, कपास , शिक्षा, स्वास्थ्य, उद्धमशीलता र रोजगारीका सवालहरुलाई सम्बोधन गर्न सक्ने नीति आवस्यक छ |
२. नेपाली कांग्रेसले आफुलाई जिम्मेवार पार्टीको रुपमा प्रस्तुत गर्न, समग्रमा राजनैतिक दलहरु र हामी खासगरी पुराना दलहरुप्रति आम नागरिकमा बढ्दै गएको अविश्वासको स्थितिलाई बुझ्नुपर्छ |
३. भ्रष्टाचारले समग्र राजनैतिक संयन्त्रलाई जकडेको यथार्थलाई जति लुकाए पनि अब लुक्दैन | नेपाली कांग्रेस पनि आम नेपालीको नजरमा अछुतो छैन | अब पार्टी शुद्धिकरण नगर्ने हो भने, आरोपितलाई र प्रमाणितलाई संरक्षण दिने हो भने जनतामा नेपाली कांग्रेस जिम्मेवार पार्टी हो भन्ने विश्वास जगाउन गाह्रो हुन्छ |
४. उत्पादन र स्वावलम्वनको नीतिमा, २०४८ सालमा सरकारले लिएको आर्थिक उदारीकरण र निजीकरणको नीति नै गलत थियो भन्ने विचार र अभिव्यक्तिहरुलाई नेपाली कांग्रेसले सम्बोधन गर्नु जरुरी छ |

छिमेकी र मित्रराष्ट्रसंगको सम्बन्ध:
१. नेपाल, चीन र भारत यी दूई उर्बर भूमि बीचको तरुल हो | हामीले दुवै छिमेकीबाट अधिकतम लाभ लिने नीति अपनाउनुको विकल्प छैन |
२. नेपाल-अमेरिका सम्बन्ध र एम सी सी परियोजना नेपालको हितमा रहेको प्रमाणित गर्न सकेनौं भने आगामी निर्वाचनमा हाम्रा लागि अर्को चुनौती थपिन्छ |

Logo