वर्तमान व्यवस्था प्राप्तीमा सयौं अग्रजहरुको बलिदान छ -मन्त्री शर्मा

वर्तमान व्यवस्था प्राप्तीमा सयौं अग्रजहरुको बलिदान छ -मन्त्री शर्मा

केन्द्रबिन्दु
28
Shares

काठमाडौं । सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले वर्तमान व्यवस्था प्राप्तीका पछाडी सयौं अग्रजहरुको बलिदानी रहेको बताएकी छिन् ।

शुक्रबार सन् २०२४ का हुलाक टिकटहरुको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान कार्यक्रममा बोल्दै मन्त्री शर्माले नेपालको राजनीतिक आन्दोलन र शान्ती प्रक्रियामा उल्लेखनीय भूमिका खेलेका अग्रजहरुलाई सम्मान गर्नुपर्ने बताएकी हुन् ।

उनले भनिन्, ‘नेपालका हुलाक टिकटहरुमा नेपालको राजनीतिक आन्दोलन, शान्ती प्रक्रियामा उल्लेखनीय भूमिका खेल्नुभएका पद्मरत्न तुलाधरदेखि कोइलीदेवीलगायतका अग्रज कलाकारहरु प्रकाशन गरेका थियौं । टाँचा लगाएका थियौं । आज हामी जुन ठाँउमा छौं, जुन व्यवस्थामा छौं, जुन परिवर्तनमा छौं । यो यत्तिकै प्राप्त भएको होइन । यसका पछाडी सयौं मानिसहरुको जीवनको बलिदानी भएको छ । यसलाई हामीले बिर्सिनु हुँदैन ।’

सूचना तथा सञ्चार मन्त्रालयले गर्ने कामहरु आम चासोका विषय नभएपनि यसले सूचना र प्रविधिको क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ थियो ।

मन्त्री शर्माका अनुसार हुलाक सेवा प्रवाहलाई आधुनिक र प्रतिस्पर्धी बनाउनु सरकारको उद्देश्य रहेको छ । सरोकारवालाबीच समन्वय गरी हुलाक सेवाको प्रविधि र भौतिक पूर्वाधार सुधार सहित सेवामा व्यापक सुधार ल्याउन पहल भइरहेको समेत उनले जानकारी दिइन् ।

Logo