सबैले आफूभित्र भएको कलाकारितालाई जीवित राख्नुपर्छः उपप्रमुख डङ्गोल

सबैले आफूभित्र भएको कलाकारितालाई जीवित राख्नुपर्छः उपप्रमुख डङ्गोल

केन्द्रबिन्दु
56
Shares

काठमाडौं। काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले सबैले आफूभित्र भएको कलाकारितालाई जीवित राख्नुपर्ने बताएकी छिन्।

शुक्रबार नेपाल कला परिषद्मा चित्रकार बिजेन्द्रको कला प्रर्दशनी कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख डङ्गोलले सबैले आफूभित्र रहेको कलाकारितालाई व्यूँताउन आवश्यक रहेको बताइएकी हुन्।

बिजेन्द्रको सबैले आफूभित्र रहेको कलालाई सम्मान गर्दै अगाडी बढ्नुपर्ने सन्देश उक्त कला प्रर्दशनीले दिएको उपप्रमुख डङ्गोलको भनाइ थियो। उनले भनिन्, ‘सबै भित्र कलाकारिता छ। तर त्यो कलालाई व्यूँताउनुपर्छ भन्ने सन्देश यो प्रदर्शनीले दिएको छ। व्यापार व्यवसाय गरिराख्दा आफ्नो व्यवसायीक पृष्ठभूमि जे जस्तो, जता भएपनि सबैभित्र भएको कला र जोशलाई सदैव जीवित राख्नुपर्दछ।’

सम्पदामा आधारित कलाभन्दा त्यसभित्रको कथा र त्यसको अर्थ बुझ्नु महत्वपूर्ण रहेको उनको धारणा छ। ‘सबै सम्पदाको कुरा गर्ने हो भने, पनि हाम्रो सम्पदाहरूमा पनि जति धेरै त्यसको कलाको महत्व छ। हुँदै गयो। त्यो भन्दापनि महत्वपूर्ण त्यसभित्रको कथा जब हामीले भन्छौँ। तब बल्ल त्यसको अर्थ रहन्छ।’ उनले भनिन्,‘यो कला प्रदर्शनी साधारण मानिसले हेर्दा चाखलाग्दो नै रहेछ। फरक विविधता मात्र भन्ला। तर हरेक कला को एउटा कथा बुझ्छौँ त्यसपछि यो कला प्रदर्शनीको महत्व बुझ्नसकिन्छ जस्तो लाग्छ।’

Logo