समाजवादी मोर्चाको बैठक बस्दै, के छन् एजेन्डा ?

समाजवादी मोर्चाको बैठक बस्दै, के छन् एजेन्डा ?

केन्द्रबिन्दु
70
Shares

काठमाडौँ । समाजवादी मोर्चाको बैठक आज बस्ने भएको छ । मोर्चाले अहिलेसम्म देशभर गरेका सङ्गठन विस्तार तथा राजनीतिक गतिविधिको समीक्षाका साथै भावी कार्ययोजनाबारे छलफल गर्न भोलि बिहान ९ बजे नेकपा एकीकृत समाजवादीको कार्यालयमा बैठक बोलाइएको हो ।

बैठकले सरकारको कार्यको समीक्षाका साथै मुलुकको समसामयिक राजनीतिक अवस्था, अन्तर्राष्ट्रिय राजनीतिक प्रभावबारे छलफल गर्ने नेकपा एकीकृत समाजवादीको कार्यालय सचिव जीवनराम श्रेष्ठले जानकारी दिए ।

मोर्चामा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सहभागी छन् । मोर्चाको नेतृत्व एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गरेका छन्।

Logo