बालकुमारी घटनाका दोषीलाई आजै मन्त्रिपरिषद् बैठकले कारवाही गर्छ -प्रधानमन्त्री प्रचण्ड

बालकुमारी घटनाका दोषीलाई आजै मन्त्रिपरिषद् बैठकले कारवाही गर्छ -प्रधानमन्त्री प्रचण्ड

केन्द्रबिन्दु
28
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालकुमारी घटनामा सरकार १० लाख दिएर चुप लागेर बसेको भन्ने कुरा तथ्यहीन रहेको बताएका छन् ।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाएका प्रश्नको उत्तर दिँदै प्रधानमन्त्री प्रचण्डले घट्नाबारे समितिले छानविन गरेर ल्याएको प्रतिवेदनको अध्ययन आफूले गरेको र आजको मन्त्रिपरिषद्को बैठकले निर्णय गर्ने र आवश्यक कारबाही गर्ने प्रतिबद्धता जनाएका हुन् ।

उनले भने,‘सरकारको तर्फबाट बालकुमारी घट्नामा तत्काल लिएको पहल र क्रियाकलापबारे विल्कुल गलत सूचना भएको मैले महशुस गरे । सरकारले त्यस घट्नामा संलग्नलाई तत्कालै निलम्बन गर्नका लागि र पीडितहरुका सवालमा मान्यहरुले भन्नुभयो १० लाख दिएर चुप लागेर बसेको भन्ने कुरा विल्कुल तथ्यहीन हो । छानविन समिति पक्कै प्रतिपक्षले बनाएको त होइन । सरकारले नै बनाएको हो । मैले हेर्दैछु आजै मन्त्रिपरिषद् छ । प्रतिवेदनको अध्ययन गरेको छु आवश्यक कारबाही गरिन्छ ।’

बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बालकुमारी घटनामा १० लाख दिएर सरकार चुपचाप बसेको आरोप लगाएका थिए । त्यस्तै एमालेका सचेतक महेश बर्तौलाले पनि उक्त घट्नामा गृहमन्त्री र मन्त्री प्रकाश ज्वालालाई बर्खास्त गर्न माग गरेका थिए ।

Logo