कुर्सी हल्लिने डर हुन्थ्यो भने भ्रष्टाचारको छानबिन नै सुरू हुने थिएनः प्रधानमन्त्री प्रचण्ड

कुर्सी हल्लिने डर हुन्थ्यो भने भ्रष्टाचारको छानबिन नै सुरू हुने थिएनः प्रधानमन्त्री प्रचण्ड

केन्द्रबिन्दु
154
Shares

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कुर्सी हल्लिने डर आफूलाई नभएको बताएका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीको प्रश्नमा जवाफ दिँदै प्रधानमन्त्री दाहालले कुर्सी हल्लिने डर नभएको बताएका हुन्।

‘माननीयज्यूले भनेजस्तो कुर्सी हल्लिने डर हुन्थ्यो भने छानबिन नै सुरु हुने थिएन। सदनमा म दोहर्‍याउँछु, सुशासन मेरो नारा होइन, मेरो सङ्‍कल्प हो,’ प्रधानमन्त्री दाहालले भने।

सांसद पराजुलीले नक्कली भुटानी शरणार्थी काण्ड, सुन तस्करी, ललिता निवास प्रकरण, टिकटक बन्द, नेपाली सफ्टवेयरको प्रयोग र नेपाली आइटी उद्योगको प्रवर्द्धनबारे प्रश्न राखेका थिए।

‘नक्कली भुटानी शरणार्थी काण्ड यही सरकारले छानबिन गरेको र अदालतमा मुद्दा दायर गरेको संसद्को जानकारीमा छँदैछ,’ प्रधानमन्त्री दाहालले भने, ‘यति धेरै उच्च पदस्थ राजनीतिक तथा प्रशासनिक नेतृत्वहरू छानबिनको दायरामा आएको यो हाम्रो इतिहासको सबैभन्दा ठूलो प्रकरण हो।’

Logo