राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र पार्लियामेन्ट इन पार्टनरसिपका प्रमुख मफीबीच भेटवार्ता

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र पार्लियामेन्ट इन पार्टनरसिपका प्रमुख मफीबीच भेटवार्ता

केन्द्रबिन्दु
112
Shares

काठमाडौँ। राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र इन्टर पारिस, पार्लियामेन्ट इन पार्टनरसिपका प्रमुख जोनाथन मफीबीच भेटवार्ता भएको छ। नेपाल भ्रमणमा रहेका मफीले मङ्गलवार सिंहदरवारस्थित तिमिल्सिनाको कार्यकक्षमा शिष्टाचार भेट गरेका हुन् ।

भेटका अवसरमा अध्यक्ष तिमिल्सिनाले संसद् जनताका सवाल उठाउने र कानून निर्माण गर्ने थलो भएकाले यसलाई प्रभावकारी बनाउन सक्दा प्रजातन्त्र बलियो हुने बताए। उनले सरकारलाई कसरी संसद् र जनताप्रति उत्तरदायी बनाउन सकिन्छ भन्ने कुरामा इयुबाट सहयोग हुने अपेक्षा व्यक्त गरे।

अध्यक्ष तिमिल्सिनाले संसद् भवन भूकम्पमा क्षतिग्रस्त भएपछि नयाँ बन्ने चरणमा रहेका जानकारी गराए। सांसद र संसद्का कर्मचारीको क्षमता विकासका लागि सहकार्य गर्न इच्छुक रहेको उनको भनाइ थियो ।

भेटमा प्रमुख मफीले प्रजातन्त्र नै युरोपेली संसद्को गहना भएको बताउँदै नेपालको संसद्सँग आगामी दिनमा आवश्यकताका आधारमा दुई पक्षीय सहयोगका विषयमा सहकार्य गर्दै जान सकिने बताए।

Logo