टिआरसीमा पीडितले न्याय नपाउने खतरा छः अध्यक्ष ओली

टिआरसीमा पीडितले न्याय नपाउने खतरा छः अध्यक्ष ओली

केन्द्रबिन्दु
126
Shares

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले शान्ति प्रक्रिया अन्तर्गतकाे संक्रमणकालीन न्याय अविलम्ब टुंग्याउन चाहिरहेको बताएका छन्।

एमाले केन्द्रीय कमिटी बैठकलाई मंगलबार सम्बोधन गर्दै अध्यक्ष ओलीले संक्रमणकालीन न्याय टुंग्याउँदा पीडितलाई न्याय हुनेगरी मात्रै टुंग्याउनुपर्ने बताएका हुन्।

‘हामी संक्रमणकालीन न्यायको समस्या अविलम्ब टुंग्याउन चाहान्छौँ । यो टुंग्याउदा अव फेरि पीडितलाई नै पीडा थपेर, उनीहरूलाई करकाप मन्जुर छौँ भनेर होइन, उनीहरूको पीडालाई न्याय दिएर अथवा पीडित मैत्री ढंगले यस समस्याको समाधान हुनुपर्छ’, ओलीले स्वेच्छाचारी ढंगले सजाय घटाउने कुरा उपहास मात्र हुने बताए । ‘किनभने त्यस वेलाका विद्रोहीको तर्फबाट पीडा दिने समूहको एउटा पक्षबाट प्रचण्डजी प्रधानमन्त्री हुनुहुन्छ । अर्कोतिर हिंशा रोक्ने नाममा पीडा दिने शेरबहादुर गठबन्धनमा हुनुहुन्छ।’

उनले पीडकलाई सजाय घटाउने भनेर मात्रै नहुने भन्दै कति भनेर प्रस्ट हुनुपर्ने पनि बताए।

Logo