कांग्रेस सभापति देउवाले भने- ‘म पनि हिन्दू राष्ट्र पक्षधर हुँ’

कांग्रेस सभापति देउवाले भने- ‘म पनि हिन्दू राष्ट्र पक्षधर हुँ’

केन्द्रबिन्दु
448
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू पनि हिन्दू राष्ट्र नेपालको पक्षमा रहेको बताएका छन् । तर अहिले उपयुक्त समय नभइसकेकाले आफू खुलेर समर्थन गर्न असमर्थ भएको पनि उनले स्पष्ट पारे ।

नेपाली कांग्रेस वैदिक सनातन हिन्दू राष्ट्र पुनःस्थापना राष्ट्रिय अभियानका प्रतिनिधिहरुसँग आफ्नै निवासमा छलफल गर्दै सभापति देउवाले यस्ताे बताएका हुन् । उनको भनाई उदृत गर्दै सूत्रले भन्यो, “म पनि हिन्दू राष्ट्रको पक्षधर नै हूँ तर अहिले नै खुलेर समर्थन गर्दा द्वन्द हुनसक्छ, फुकेर हिँड्नुपर्ने समय छ । त्यसैले उपयुक्त समय कुर्नुपर्छ ।”

सभापति देउवासँग अभियानका संयोजक शंकर भण्डारी, उपसंयोजकहरु लोकेश ढकाल र देवेन्द्र कँडेल, कोषाध्यक्ष भानुभक्त ढकाल, सदस्यहरु मुक्तादेबी यादव, भीम पराजुली र गेहेन्द्र गिरी सहभागी थिए । अभियानले अहिलेसम्म ९ सय पचास महासमिति सदस्यहरुको समर्थन जुटाईसकेको जनाएको छ । १९ सय पचास दर्ता भएका महासमिति सदस्यहरुको बहुमत समर्थन जुट्ने अभियानको भनाई छ ।

Logo