मन्त्री ज्वालालाई कारबाहीको माग गर्दै एमालेले संसदमा विरोध गर्ने

मन्त्री ज्वालालाई कारबाहीको माग गर्दै एमालेले संसदमा विरोध गर्ने

केन्द्रबिन्दु
112
Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराउने भएको छ ।

बिहान ११ बजे बस्ने बैठकमा एमालेले मन्त्री ज्वालालाई कारबही गर्नका लागि सरकारको ध्यानाकर्षण गराउने सचेतक महेशकुमार बर्तौलाले बताए। “हामी सरकारको ध्यानाकर्षण गराउनेछौँ,  विरोध गर्छौँ त्यसका लागि समय माग गरिसकेका छौँ।” उनले भने।

फागुन ६ गतेको बैठकमा एमालेले ललितपुरको बालकुमारी घटनामा भौतिक पूर्वाधारमन्त्री ज्वालाको समेत कमजोरी रहेको प्रतिवेदन छानबिन समितिले दिएपनि कारबाही किन नगरेको भनेर प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो ।

जवाफमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले प्रतिवेदन बुझ्न बाँकी रहेको र प्रतिवेदन बुझेपछि आवश्यक निर्णय गर्ने आश्वासन दिएका थिए । बालकुमारी घटनामा २ जनाको मृत्यु हुनुका साथै मन्त्री ज्वालाको गाडी आगजनी भएको थियो ।

Logo