कांग्रेस महासमिति बैठकमा प्रतिवेदनमाथि छलफल जारी

कांग्रेस महासमिति बैठकमा प्रतिवेदनमाथि छलफल जारी

केन्द्रबिन्दु
84
Shares

काठमाडाैँ। नेपाली कांग्रेसको महासमिति बैठक चौथौ दिन बिहीबार पनि जारी छ।

बैठक अहिले उपसभापति पूर्णबहादुर खड्का र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्माको प्रतिवेदन उपर छलफल भइरहेको प्रचार प्रसार उपसमिति संयोजक मीनबहादुर विश्वकर्माले जानकारी दिए।

बुधबार रातीसम्म महासमिति सदस्यहरुले आफ्नो धारणा राख्ने क्रम नसकिएपछि आज पनि महासमिति सदस्यहरुले धारणा प्रस्तुत गर्ने चलिरहेको छ।

महासमिति सदस्यहरुले बोलिसकेपश्चात् सातवटै प्रदेशका सभापतिहरुले आ–आफ्नो प्रदेशबाट उठाइएको सुझाव र धारणलाइ प्रतिवेदनसहित मुल हलमा प्रस्तुत गर्ने कार्यतालिका रहेको छ। सोमबारबाट सुरु भएको महासमिति बैठक आजै सक्ने तयारी रहेको संयोजक विश्वकर्माले बताए।

Logo