सांसद भण्डारीले संसदमा भने- अर्थ व्यवस्था सिमित व्यक्तिको हातमा गयो

सांसद भण्डारीले संसदमा भने- अर्थ व्यवस्था सिमित व्यक्तिको हातमा गयो

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । नेपाली काङ्ग्रेसका सांसद चन्द्र भण्डारीले आर्थिक नीति सम्बन्धी गलत कार्यक्रमले गर्दा नेपालको अर्थ व्यवस्था सिमित व्यक्तिको हातमा गएको बताएका छन् ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा सांसद भण्डारीले ११/१२ जनाको हातमा बैंकदेखि उद्योग सबै रहेको भन्दै एउटा सरकारले चाहेर मात्रै विकास हुन नसक्ने बताएका हुन् । उनले भने, ‘१०/१२ जनाको हातमा बैंक, उद्योग, बिमा, जलस्रोत, अस्पताल र जमिन खन्ने लाइसेन्स पनि छ । अब यो देश कसरी बन्छ, एउटा सरकारले चाहेर, गर्छु भनेर कसरी विकास हुनसक्छ ? हाम्रो आर्थिक नीतिको गलत कार्यक्रमले गर्दा सिमित व्यक्तिको हातमा अर्थ व्यवस्था गएको छ । सायद संसारमा यस्तो कतै भएको छैन ।’

उनले सदनबाट पास भएका विषयलाई अदालतले रोक लगाएको भन्दै संसद किन कमजोर भएको भन्दै प्रश्न गरे । उनले भने, ‘हामीले गरेका बजेटका कुरा, पास गरेका कुरा, अदालतबाट रोकिन्छन् । संसद किन कमजोर भयो ? हामीले धेरै राजनीति गर्यौं तर राष्ट्र नीति बनाउन सकेनौं । अब नेपालले यस बारेमा सोच्नु पर्छ ।’

युवाहरु देशमा बस्ने वातावरण हाम्रो नीतिले नै नदिएको भन्दै यसमाा गम्भीर हुन आवश्यक भएको बताए ।

Logo