गठबन्धनको मुद्दाले हाउगुजी गरायो, अहिले संगठन बनाऔं -मुख्यमन्त्री चौधरी

गठबन्धनको मुद्दाले हाउगुजी गरायो, अहिले संगठन बनाऔं -मुख्यमन्त्री चौधरी

केन्द्रबिन्दु
42
Shares

ललितपुर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेसका नेता डिल्लीबहादुर चौधरीले अहिलेको अवस्थामा निर्वाचनमा गठबन्धन गर्ने की नगर्ने भन्दा पनि संगठन बलियो बलियो बनाउने योजना पार्टीमा हुनुपर्ने बताएका छन् । २०८४ को चुनावलाई केन्द्रित गरेर गठबन्धनको कुरा अहिले उठाएर हाउँगुजी बनाएको समेत बताए ।

नेपाली कांग्रेसको महासमितिको बैठकअन्तर्गत बिहीबार ललितपुरको गोदावरीमा समूहगत छलफलमा धारणाराख्दै चौधरीले अहिले संगठन गरेर ०८४ को चुनावमा गठबन्धनको कुरा गर्न सुझाव दिएका हुन‍् । उनले भने, ‘हामीले यो गठबन्धनका कुरा भनिरहेका छौँ । गठबन्धन भनेको चुनावमा गर्ने कुरा हो । चुनाव अगाडि छलफल गर्ने कुरा हो । ०८४ मा जे डिसिजन ल्याउनु हुन्छ केन्द्रीय कार्यसमितिले देश र परिस्थिति बुझेर गठबन्धन गर्ने हो । अहिले भनेको संगठन बनाउने कुरा हो ।’

उनले थपे, ‘चुनाव नआउँदै गठबन्धन भनेको छ, हल्ला गरेको छ । हाउगुजी बनाएको छ । सबैलाई रुखमा भोट हाल्ने मन लाग्छ । चारतारे झण्डा सधैँ फहराइ रहोस, रुख कहिले नढालोस् । भनेर संगठन बनाउनतर्फ लाग्ने की हाउगुजी बनाएर हिँड्ने ?’

‘तदारुकताका साथ संगठन बनाउन जुटौँ । गठबन्धनको हाउँगुजी बनाएर अतिरञ्जित नगरौँ । आफूले आफैलाई आत्मसात गरेर सोँचौँ । हामी कहाँ छौँ पार्टी विगारेको तपाई हामीले हो,’ मुख्यमन्त्री चौधरीले भने । ‘सक्रिय सदस्यता दिने बेला घरघरमा दिने । आफ्नो श्रीमतीलाई दिने, आफ्नो छोराछोरीलाई चाहियो, बुहारीलाई चाहियो । अहिले किन रिन्यू भइरहेको छैन ?, उनले भने, ‘किन भने चुनाव आएको छैन । चुनाव आउँदा सबैको सक्रिय सदस्य आठ लाख होइन १६ लाख हुन्छन । चुनावमा क्याम्पेनिङ गर्दा सक्रिय सदस्यहरू खोइ ? छैनन् ।’

मुख्यमन्त्री चौधरीले नेपाली कांग्रेसका तत्कालीन सभापति एवम् प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा बनेको संविधान कार्यान्वयन गर्ने विषयमा कसैले नबोलेको बताए । उनले संविधान असफल बनाउन केही तत्व लागेको भन्दै संविधानको रक्षा र कार्यान्वयनका लागि कांग्रेसले नेतृत्व लिनुपर्ने बताए ।

Logo