कांग्रेस महासमिति बैठकले झुक्यायाे गगनलाई, ११ बुँदे निष्कर्षमा समेटिएन गठबन्धन र महाधिवेशनकाे कुरा

कांग्रेस महासमिति बैठकले झुक्यायाे गगनलाई, ११ बुँदे निष्कर्षमा समेटिएन गठबन्धन र महाधिवेशनकाे कुरा

केन्द्रबिन्दु
322
Shares

काठमाडाैँ। कांग्रेस महामन्त्री गगन थापाले प्रस्तुत गरेकाे सांगठनिक प्रस्ताव पारित भए पनि त्यसमा उल्लेख गरिएका शब्द ११ बुँदे निष्कर्षमा गायब देखिएका छन्।

बिहीबार ललितपुरमा सम्पन्न कांग्रेस महासमिति बैठकले उपसभापति पूर्णबहादुर खड्काको नीति सम्बन्धी, महामन्त्री गगनको सांगठनिक र अर्का महामन्त्री विश्वप्रकाश शर्माको राजनीतिक प्रस्ताव सर्वसम्मत पारित गरिको भए पनि महामन्त्री थापाले प्रस्तुत गरेकाे तोकिएको मितिमा महाधिवेशन हुने शब्द नै ११ बुँदे निष्कर्षमा उल्लेख गरिएकाे छैन।

अन्तिम ११ बुँदे निष्कर्षमा अधिवेशनकाे मितिसमेत राख्न महामन्त्री थापाले प्रस्ताव गरेका थिए। तर काँग्रेसले अन्तिम ११ बुँदे निष्कर्षमा मिति र गठबन्धन नगर्ने कुरा नसमेटि सिधैं सांगठनिक प्रस्ताव पारित भएकाे जनाएकाे छ।

यसरी महामन्त्री जस्ताे व्यक्तिलाई यसरी झुक्याउँदा काँग्रेसले अझै गठबन्धन नै गर्ने निश्चित जस्तै भएकाे छ। महामन्त्री थापाले मतदाताले रूखमै मत हाल्न पाउने कुरा सुनिश्चित गर्नुपर्ने उल्लेख गरेका थिए। साथै उनले महाधिवेशनकाे मिति पनि ताेक्नुपर्ने जनाएका थिए।

महासमिति बैठकमा सबैभन्दा बढी चर्चा र चासोमा आसन्न निर्वाचनमा गठबन्धन गर्ने वा नगर्ने भन्ने थियो । महामन्त्री गगन थापाले आगामी निर्वाचनमा आफ्नै ताकतमा एक्लै लड्ने र गठबन्धन नगर्ने प्रस्ताव ल्याएका थिए । तर, अर्का महामन्त्री विश्वप्रकाश शर्माले गठबन्धन रणनीति विषय भएकाले यसबारे अहिले निर्णय गर्न आवश्यक नरहेको प्रस्ताव पेस गरेका थिए ।

Logo