संसदमा एमालेको बटमलाइन: तीन मन्त्रीको राजीनामा माग

संसदमा एमालेको बटमलाइन: तीन मन्त्रीको राजीनामा माग

केन्द्रबिन्दु
196
Shares

काठमाडौं। नेकपा एमालेले बालकुमारी घटनाको छानविन आयोगले सरकारलाई बुझाएको प्रतिवेदन संसद्‌मा बुझाउन माग गरेको छ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सचिव योगेश भट्टराईले बालकुमारी घटनाको नैतिक जिम्मेवारी गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि लिनुपर्ने बताए।

यस्तै, टेरामक्स प्रकरणमा स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेत र लुम्बिनीको जग्गा लिजमा दिएको प्रकरणमा पर्यट मन्त्री सुदन किरातीको राजीनामा मागेको हो।

उनले भने, आयोगले बुझाएको प्रतिवेदनमा के छ ? अहिले संसद चलिरहेको संसदमा आउनुपर्यो। यो कुरा प्रधानमन्त्रीले बताउनुपर्छ।

उनले भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको कारणले घटना भएको प्रतिवेदनमा उल्लेख भइसकेपछि पनि झण्डा हल्लाएर हिँड्न नमिल्ने बताए।

Logo