संसदीय समिति ‘गाईजात्रा’ देखाउने ठाउँ होइन -मन्त्री गुरुङ

संसदीय समिति ‘गाईजात्रा’ देखाउने ठाउँ होइन -मन्त्री गुरुङ

केन्द्रबिन्दु
56
Shares

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले समितिलाई ‘गाईजात्रा’ देखाउने थलोको रुपमा प्रयोग नगर्न आग्रह गरेका छन् ।

शुक्रबार कानून, न्याय तथा मानव अधिकार समितिमा बसेको बैठकमा मन्त्री गुरुङले प्रमुख सचिवालयबाट आएको क्लालेन्डरमा समितिका सदस्यहरुले आपत्ति जनाएपछि मन्त्रीले गाईजात्रा देखाउने थलोको रुपमा समितिलाई प्रयोग नगर्न आग्रह गरेका हुन् ।

उनले भने, ‘क्यालेन्डरको कुरा गर्दा क्यालेन्डरमा के लेखिएको छ भने सभाको बैठक नबस्ने दिनहरु समितिको बैठक बस्ने व्यवस्था गरिएको छ । प्रमुख सचिवालयबाट क्लालेन्डर आएपछि समितिलाई गाईजात्रा देखाउने थलोको रुपमा प्रयोग नगरौं । संसदको सचिवालयले शनिबार बाहेक ६ दिनमा तीन दिन संसद बस्ने, संसद नबसेको दिन समितिको बैठकको लागि भनेर प्रष्ट लेखिएको छ । समितिमा सूचना दिन नपाउने, सूचना दिन पाउदैंन् भन्ने ढङ्गले समिति चल्दैन, सूचना दिने हक म सँग पनि छ ।’

यस्तै, उनले समितिको कार्यसूचीभन्दा बाहिर गएर समितिमा छलफल भएको भन्दै आपत्ति जनाए । मन्त्री गुरुङले भाषण मात्रै नगर्न र विषय प्रवेश गरेर छलफल गर्न आग्रह गरे ।

Logo