मधेसको विकास नभई देशको विकास हुन्नः प्रधानमन्त्री प्रचण्ड

मधेसको विकास नभई देशको विकास हुन्नः प्रधानमन्त्री प्रचण्ड

केन्द्रबिन्दु
28
Shares

धनुषा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसको विकास नभइकन देशको विकास नहुने बताएका छन् ।

सिराहा नगरपालिका–१३ मल्हनीया र जनकनन्दिनी गाउँपालिका–६ कठाल जोड्ने गरी निर्माण गरिएको झोलुंगे पुलको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले आफू मधेसको विकासकाम लागि आफू निरन्तर लागिपर्ने बताएका हुन् । तराईमा सिँचाइ विस्तार गरी र उत्पादकत्व बृद्धि गर्न सरकारले सहयोग गर्ने विश्वास दिलाउँदै प्रधानमन्त्रीले आफूले संघीयता कार्यान्वयनलाई विशेष ध्यान दिएको बताए ।

उनले भने, ‘अब सङ्घीयता सबलरुपमा कार्यान्वयन हुन्छ । केही दिनभित्रै प्रदेश प्रहरी ऐन, शिक्षा ऐन र कर्मचारीसम्बन्धी कार्यान्वयनमा आउनेछ ।’

प्रधानमन्त्री प्रचण्डले तीन तहको सरकारको सहकार्यबाट यस्ता निर्माणले संघीयतालाई सबल तुल्याउने प्रचण्डको विश्वास थियो । नेपालको भूगोलअनुसार झोलुंगे पूलको महत्व रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले देशका विभिन्न स्थानमा झोलुंगे पूलको निर्माणमा प्राथमिकता दिइँदै आएको उल्लेख गरे ।

नेपालकै सबैभन्दा लामो यस पुलको लम्बाइ एक हजार पाँच सय दशमलव ४४ मिटर रहेको छ ।

Logo