विविधताको दृष्टिकोणले नेपाल विश्वकै उच्चकोटीको देश हाेः प्रधानमन्त्री दाहाल

विविधताको दृष्टिकोणले नेपाल विश्वकै उच्चकोटीको देश हाेः प्रधानमन्त्री दाहाल

केन्द्रबिन्दु
14
Shares

सर्लाही । प्रधानमन्त्री पुष्पकमल दाहालले विविधताको दृष्टिकोणले नेपाल विश्वकै उच्चकोटीको देश भएको बताएका छन् ।

बागमती नगरपालिकाले आज सर्लाहीको कर्मैयामा आयोजना गरेको ‘सामुदायिक विद्यालयका चार हजार विद्यार्थीको सामूहिक प्रस्तुतिकरणसहितको शैक्षिक तथा सांस्कृतिक कार्यक्रम’ लाई सम्बोधन गर्दै उनले देशको विविधतालाई एकताबद्ध बनाउनुपर्ने बताए । उनले भने, ‘विविधताको दृष्टिकोणले नेपाल विश्वकै उच्चकोटीको देश हो, सबै जातजाति र भाषाभाषीलाई सम्मान गरेर मात्र राष्ट्रिय एकता कामयम गर्न सकिन्छ ।’

उनले विविधतामा एकता नेपालीको विशेषता भएको बताउँदै सबैलाई एकतामा उन्ने र राष्ट्रियता प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रमका अवसरमा उनले सार्वजनिक शिक्षाको सुधारसम्बन्धी पुस्तक लोकार्पण पनि गरेका थिए ।

कार्यक्रममा सात वटै प्रदेशको सांस्कृतिक एवं भौगोलिक विविधता र पहिचान झल्किने गीत, नृत्य र संगीतको प्रस्तुति गरिएको थियो । विभिन्न वडाहरूबाट “हामी सुधार्छौँ हाम्रो विद्यालय, सामुदायिक विद्यालय सुधार्ने हाम्रो जिम्मेवारी” भन्ने नारासहित आ–आफ्नो भेषभुषामा अभिभावकहरूको झाँकी प्रस्तुत गरिएको थियो । यो कार्यक्रम सामुदायिक विद्यालयको सवलीकरण तथा रूपान्तरणका लागि देशकै नमुना कार्यक्रम हुने र सामुदायिक विद्यालय सुधारका लागि सामाजिक आन्दोलन हुने आयोजकको विश्वास रहेको छ ।

Logo