एमालेले आज पनि संसदमा अवरोध गर्ने

एमालेले आज पनि संसदमा अवरोध गर्ने

केन्द्रबिन्दु
56
Shares

काठमाडाैँ। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले आइतबारको प्रतिनिधिसभा बैठक पनि अवरोध गर्ने भएको छ।

बालकुमारी घटना, टेरामक्स प्रकरण र रामग्राम क्षेत्रको जग्गा भाडामा दिने विषयमा प्रश्न उठेका मन्त्रीहरूको राजीनामा माग्दै आजको बैठकमा विरोध जारी राख्ने एमाले प्रमुख सचेतक पदम गिरीले जानकारी दिए।

नेकपा एमालेले टेरामक्स प्रकरणमा मुछिएर अख्तियारमा बयान दिएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेत, बालकुमारी घटनामा दोषी देखिएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला र रामग्राम क्षेत्रको जग्गा भाडामा दिने पर्यटन मन्त्री सुदन किरातीको राजीनामा माग्दै सदन अवरोध गरिरहेको छ ।

Logo