जिबी राईलाई फरार सूचीमा राखेर सरकार रमिते बन्योः सांसद विद्या भट्टराई

जिबी राईलाई फरार सूचीमा राखेर सरकार रमिते बन्योः सांसद विद्या भट्टराई

केन्द्रबिन्दु
168
Shares

काठमाडौं। नेकपा (एमाले) की नेतृ एवं प्रतिनिधिसभा सांसद् विद्या भट्टराईले पोखरा महानगरपालिकाअन्तर्गत रहेका ३ सय ६७ वटा सहकारीमध्ये १६ वटा सहकारीका बचतकर्ताको बचत जोखिममा रहेको बताएकी छन्। आज प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले बचतकर्ताको बचतको सुरक्षाबारे जिम्मेवार हुन सरकारलाई आग्रह गरेकी हुन्।

‘पोखराका भूइँ मान्छेहरुको बचत रकम हिनामिना गरी फरार रहेका सूर्य दर्शन सहकारीका सञ्चालकहरुलाई आजसम्म पनि फरार सूचीमा राखी सरकार रमिता हेरिरहेको छ,’उनले भनिन्।

साथै, उनले पोखराका जनताको रकम हिनामिना गर्ने सूर्यदर्शन सहकारीका सञ्चालकलाई पक्राउ नगरेको भन्दै आपत्ति जनाईन्। उनले सरकारलाई कारबाही गर्न के–ले रोक्यो भनेर प्रश्नसमेत गरिन्। उक्त सहकारीका सञ्चालकलाई फरार सूचीमा राखी सरकार रमिता हेरेर बसेको उनको टिप्पणी छ।

सूर्य दर्शन सहकारीका अध्यक्ष जिबी राई बचतकर्ताको अर्बौं रकम हिनामिना गरेर फरार भएका छन्। जिबी राई फरार भएपछि उक्त काण्डमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं प्रतिनिधिसभा सदस्य रवि लामिछानेको समेत नाम मुछिएको छ ।

Logo