प्रधानमन्त्री प्रचण्डलाई सम्बोधन गर्दै सांसद सुमना श्रेष्ठले भनिन्- ‘तपाईंले निर्णायक काम गर्नुपर्‍यो।’

प्रधानमन्त्री प्रचण्डलाई सम्बोधन गर्दै सांसद सुमना श्रेष्ठले भनिन्- ‘तपाईंले निर्णायक काम गर्नुपर्‍यो।’

केन्द्रबिन्दु
98
Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले मिटरब्याज पीडितहरुको माग सम्बोधनका लागि दीर्घकालीन योजना बनाउन सरकारको ध्यानाकर्षण गरेकी छन्। आइतबार प्रतनिधिसभाको शून्य समयमा बोल्दै उनले कानूनसम्मत भयो भन्दैमा सबै कुरा न्यायोचित नहुने सक्ने बताएकी हुन्।

प्रधानमन्त्री प्रचण्डलाई सम्बोधन गर्दै उनले भनिन्, ‘तपाईंले भन्ने गरेको जनवाद यो वर्गको लागि चाहिएको छ । तपाईंले निर्णायक काम गर्नुपर्‍यो ।’

हरेक जिल्लामा मिटरब्याज पीडितको लागि छिटो न्याय दिलाउन पूर्वन्यायाधीश सम्मिलित मिटरब्याज पीडित इजलास बनाउन प्रधानमन्त्रीलाई उनको सुझाव छ । उनी थप्छिन्, ‘…छानबिनको लागि के स्रोत चाहिन्छ दिनुस् ।’

अहिलेको लम्बेतान प्रक्रियामा मिटरब्याज पीडितले न्याय नपाउने दाबी गर्दै उनले थपिन्, ‘यो तत्काल गर्नुस् र मिडियम समयमा समाजशास्त्रीहरुलाई खटाउनुस् र पत्ता लगाउनुस् किन लिन्छन् आम मानिसले चर्को ब्याजमा ऋण ?’ एउटा कोष बनाएर निम्न वर्गलाई सहुलियत ब्याजदरमा सरकारले नै ऋण दिन सक्ने पनि उनको सुझाव छ ।

Logo