नयाँ जहाज खरिदमा १८ करोड कमिसनको खेल सुरु भएको छः सांसद खतिवडा

नयाँ जहाज खरिदमा १८ करोड कमिसनको खेल सुरु भएको छः सांसद खतिवडा

केन्द्रबिन्दु
56
Shares

काठमाडौँ। सत्तारूढ नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले नयाँ जहाज खरिदमा कमिसनको खेल सुरु भएको दाबी गरेका छन्।

आइतबार संसदको विशेष समयमा सांसद खतिवडाले नेपाल एयरलाइन्स दिनदिनै कमजोर बन्दै गइरहेको अवस्थामा भएको विमान चलाउनुको सट्टा कमिसनका लागि नयाँ खरिदको चलखेलमा पर्यटन मन्त्री लागेको आरोप लगाएका हुन्।

उनले भने, ‘नेपाल एयरलाइन्स अहिलेकै अवस्थामा फेरि जहाज खोज्दैछ। एयरलाइन्सकै अध्ययन समितिले क्यानडाको किन्न सकिँदैन भन्ने सिफारिस गरेको छ। तर खरिदका लागि टेण्डर आह्वान भएको छ। यो सब १८ करोड कमिसन खानका लागि गरिँदैछ।’

Logo