संसदमा सांसद शाहीको कविता: ‘दुई नौ जवान युवाको सपना बालकुमारीमै उडाइदियौँ’

संसदमा सांसद शाहीको कविता: ‘दुई नौ जवान युवाको सपना बालकुमारीमै उडाइदियौँ’

केन्द्रबिन्दु
154
Shares

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक एवं ज्ञानेन्द्र शाहीले कवितामार्फत व्यंग गर्दै बालकुमारी घटनामा मृत्यु भएकाका परिवारलाई न्याय माग्दैमा कुनै अमुख व्यक्तिले राजीनामा माग्न नपाउने बताएका छन्।

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शाहीले जनताबाट निर्वाचित भएर आएको सांसदको राजीनामा माग्ने हक कसैलाई नभएको बताएका हुन्।

बालकुमारी घटनाबारे न्याय माग्दा आफ्नो राजीनाम मागिएको भन्दै उनले सरकारको विरोध स्वरुप कविता सुनाएका छन् ।
सांसद शाहीले कवितामार्फत भने, ‘फक्रक्क फुल्न नपाउँदै कोपीला मै चुँडाइदियौँ , दुई नौजवान युवाको सपना बालकुमारीमै उडाइदियौँ, थिए होला तिनीहरूका सपना न्यानो लगाउने र मिठो खाने, रक्षक नै भक्षक भए पछि सम्माननीय सभामुख महोदय न्याय खोज्न हामी कहाँ जाने ? आँखाबाट आँशु झार्दै भक्कानिएर रुन्छिन् उनकी आमा, अपराधीलाई कारवाही गर भनी आवाज उठाउँदा माग्छौ मेरो राजीनामा ? सत्ता तिम्रै छ, शक्ति तिम्रै छ जति दबाउन सक्छौँ दबाऊ, दबिएर दबिँदैन यी आवाजहरू एक दिन उठ्नेछन्र भन्नेछन् भ्रष्टाचारी र देशद्रोहीलाई देशबाटै भगाऊ’

वर्तमान व्यवस्था अपरिवर्तनीय नभएको भन्दै शाहीले सत्तापक्षका नेताहरुलाई संविधान पढ्न आग्रह गरे।

Logo