इलाम २ मा १५ वैशाखमा उपनिर्वाचन हुने

इलाम २ मा १५ वैशाखमा उपनिर्वाचन हुने

केन्द्रबिन्दु
84
Shares

प्रतिनिधिसभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ मा १५ वैशाखमा उपनिर्वाचन हुने भएको छ ।

निर्वाचन आयोगको आइतबार बसेको बैठकले प्रतिनिधिसभा सदस्यका लागि कोशी प्रदेशको इलाम -२ मा वैशाख १५ मा निर्वाचन गराउने निर्णय गरेको हो । यस्तै, बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं १ मा पनि १५ वैशाखमै उपचुनाव हुनेछ । 

आयोगको विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचन आयोगको आज मिति २०८० फागुन १३ गते बसेको बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ तथा प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारको परामर्श समेतको आधारमा इलाम जिल्ला निर्वाचन क्षेत्र नं २ का रिक्त प्रतिनिधिसभा सदस्य पद एक र सुदूरपश्चिम प्रदेश बझाङ जिल्ला प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा रिक्त प्रदेशसभा सदस्यको उपनिर्वाचन आगामी २०८१ साल वैशाख १५ गते शनिवार गर्ने गरी निर्वाचनको मिति तोकेको छ ।’

प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको गत २६ भदौमा निधन भएसँगै उक्त क्षेत्रको सांसद पद रिक्त बनेको हो । बझाङ–१ को प्रदेश सभामा निर्वाचित नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहकाे भने असार २५ मा सवारी दुर्घटनामा निधन भएको थियो ।

Logo