माओवादी नेताहरुलाई अध्यक्ष प्रचण्डको अभिमुखीकरण

माओवादी नेताहरुलाई अध्यक्ष प्रचण्डको अभिमुखीकरण

केन्द्रबिन्दु
56
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेताहरूको कार्यविभाजन र पार्टीको अभियानलाई प्रभावकारी बनाउन अभिमुखीकरण दिएका छन् ।

आइतबार पार्टी कार्यालय पेसिडाँडाका बसेको स्थायी समिति बैठकपछि प्रवक्ता अग्नि सापकोटाले अध्यक्ष दाहालले नेताहरूको कार्यविभाजन र चैत १ गतेबाट सुरु गर्ने अभियानलाई प्रभावकारी बनाउन अभिमुखीकरण दिएको भन्दै थप दुईदिन गृहकार्य गर्ने समय समेत दिएको जानकारी दिए । उनले भने,‘हामीले जुन अभियान सुरु गर्न लागेको छौं । चैत्र १ देखि त्यसलाई अझ प्रभावकारी बनाउन अध्यक्षज्युले भर्खर बसेको बैठकमा हामीलाई उहाँले गृहकार्य दिनुभएको छ । कार्यविभाजनको सवालमा आगामी योजना तथा कार्यक्रम निर्माणमा सल्लाह भएको छ ।’

प्रदेश इन्चार्जसहितका नेताहरूको कार्यविभाजन गर्ने तयारीमा रहेको माओवादीले आगामी चैत १ बाट जागरण अभियान सुरु गर्ने घोषणा समेत गरेको छ ।

Logo