नेविसंघ इतर समूहको भेलाको निष्कर्षः मनोमानीविरुद्ध संघर्ष गर्ने

नेविसंघ इतर समूहको भेलाको निष्कर्षः मनोमानीविरुद्ध संघर्ष गर्ने

केन्द्रबिन्दु
126
Shares

काठमाडौं। नेपाली कांग्रेस निकट नेविसंघका इतर पक्षका नेताहरुले संस्थापन समूहले संगठनलाई एकलौटी गर्न खोजेको आरोप लगाएका छन् ।

आइतबार काठमाडौंको वाल्मीकि क्याम्पसमा भेला भएका डा.शेखर कोइराला र महामन्त्री गगन थापा निकटका नेविसंघका नेताहरुले फरक मतलाई स्थान नदिई मनोमानी ढंगले संगठन चलाएको आरोप लगाएका हुन्।

नेविसंघको फाल्गुन १५ गतेलाई तय गरेको केन्द्रीय समिति बैठकपूर्व छलफलका क्रममा भेला भएका केन्द्रीय सदस्यहरुले केन्द्रीय अध्यक्ष दुजाङ्ग शेर्पाले फरक मतलाई स्थान नदिई गुट चलाएको क्याम्पस र जिल्लाहरूमा मनोमानी तरिकाले नियुक्ति दिएको आरोप लगाए । केन्द्रीय सदस्य सुनिल शर्माका अनुसार भेलामा अध्यक्षको मनोमानीका सवालमा गम्भीर समीक्षा भएको जानकारी दिए।

संघको ७११ सदस्य केन्द्रीय समिति आएपछि पहिलो पटक आव्हान गरिएको केन्द्रीय बैठकमा कसरी प्रस्तुत हुने वा मनोमानीविरुद्ध बैठक नै बहिष्कार गर्नेसम्मको छलफल भएको केन्द्रिय सदस्य शर्माले बताए । तर कतिपयले बैठकमा सहभागी भएर बलियो उपस्थिति जनाउनुपर्ने धारणा राखेका थिए ।

बाल्मीकि क्याम्पसमा भएको भेलामा केन्द्रीय सदस्यहरु, उपत्यका क्याम्पसका स्ववियु तथा विद्यार्थी नेताहरूको उपस्थिति थियो। छलफलबाट सङ्कलित सुझावका आधारमा केन्द्रीय समिति बैठकबारे निर्णय गर्ने केन्द्रीय सदस्य इ.सुवास पौडेलले जानकारी दिए ।

२०७८ फाल्गुनमा दुजाङ शेर्पा नेविसंघको अध्यक्ष नियुक्ति र २०८० साउनमा ७१० केन्द्रीय सदस्य नियुक्ति भएपछि लगभग आठमहिनापछि पहिलो पटक फागुन १५ गतेलाई केन्द्रको पूर्ण बैठक आब्हान गरिएको छ ।

Logo