विवादित तीन मन्त्रीकाे राजीनामा नआए बर्खास्त गरियोस्ः सांसद बास्कोटा

विवादित तीन मन्त्रीकाे राजीनामा नआए बर्खास्त गरियोस्ः सांसद बास्कोटा

केन्द्रबिन्दु
70
Shares

काठमाडौं। नेकपा एमालेले बालकुमारी घटनाको छानबिन आयोगले बुझाएको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने अडान कामयै राखेको छ ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै एमालेको तर्फबाट सांसद गोकुल बास्कोटाले भौतिक पूर्वाधान मन्त्री प्रकाश ज्वाला, स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेत र पर्यटन मन्त्री सुदन किरातीलाई पदमा बस्ने नैतिक अधिकार नभएको दोहोर्याएका हुन्।

उनले भने, ’प्रतिपक्षलाई दोष देखाएर गठबन्धनको झण्डा हल्याएर मुलुकमा सुशासन आउछ ? सभामुखबाट स्पष्ट रुलिङ चाहिन्छ। हाम्रो आन्दोलन जारी छ। अब कुराको सुन्दरता होइन। व्यवहारको प्रष्टता चाहियो। एक्सन चाहियो। उहाँले ती मन्त्रीलाई हटाउनुपर्छ। सरकार नाजवाफ बस्न मिल्दैन।’

उनले बालकुमारी घटनामा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको नैतिक जिम्मेवारी भएको जिकिर गरे। विवादित मन्त्री हटाउने विषयमा एमालेले आजसम्मको अल्टिमेटम दिएको थियो। राजीनामा नदिए प्रधानमन्त्रीले बर्खास्ता गर्नुपर्ने भन्दै जवाफ माग गरे।

Logo