मिटरब्याजपीडित र दूध उत्पादक किसानको समस्या समाधान गर्नुपर्छः राजेन्द्र लिङ्देन

मिटरब्याजपीडित र दूध उत्पादक किसानको समस्या समाधान गर्नुपर्छः राजेन्द्र लिङ्देन

केन्द्रबिन्दु
42
Shares

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले लघुवित्त र दूध किसानको समस्या समाधान गर्नुपर्ने बताएका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै अध्यक्ष राजेन्द्र लिङ्देनले बालकुमारी घटना प्रतिवेदन सार्वजनिक गर्न समेत माग गरेका हुन्।

उनले भने, ‘लघुवित्त र दूध किसानको समस्या समाधान गर्नुपर्छ। अब पनि हामी आवाज उठाएर टुलुटुलु हेरेर बस्न सक्दैनौं। म लामो कुरा भन्दिनँ। मिटरब्याज, लघुवित्त र दूध उत्पादक किसानको विषयमा आउने बैठकभित्रमा ठोस सम्बोधन नगरे हामी संसद् अवरोध गर्छौँ।’

उनले संख्या कम भएको भएर संसदबाट निकालिए संसद् र सडक दुवैतर्फ उभिन तयार रहेको बताए।

Logo