विवादित मन्त्रीलाई रविको प्रश्न- ‘आरोप निराधार हुन् भने यहाँ उभिएर भन्न कसले रोक्यो ? [भिडियाेसहित]

विवादित मन्त्रीलाई रविको प्रश्न- ‘आरोप निराधार हुन् भने यहाँ उभिएर भन्न कसले रोक्यो ? [भिडियाेसहित]

केन्द्रबिन्दु
98
Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूमाथि आरोप लागिसकेपछि मन्त्रीहरूलाई संसद्‌मा उभिएर जवाफ दिन केले रोक्यो? भन्दै प्रश्न उठाएका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै सभामुखबाट रुलिङ भइसके पनि सरकारले जवाफ नदिएकोप्रति असन्तुष्टि जनाए।

उनले भने,‘संसदलाई आरोप प्रत्यारोपको क्षेत्र किन बनाइँदैछ? सभामुखले रुलिङ भइसकेका विषयमा विवादित केही मन्त्रीहरूलाई आफूलाई लागेको आरोपका विषयमा सदनमा उभिएर जवाफ दिन रोकेको छ चाहिँ के ले? किन पटक-पटक मागिराख्नुपर्ने? यदि कुनै अप्ठ्यारो छैन। आफूमाथि उठेका आरोपका जवाफ दिनसक्ने यथेष्ट आधारहरू छन्। ती आरोप या निराधार हो भने संसद्‍मा उभिएर भन्ने केले रोक्यो ?’

“सदनमा द्वन्द्वको परिस्थिति छ, सडकमा उस्तै छ। सडकमा दूध फालेर किसान आन्दोलन गरिरहेका छन्। सरकारले सदनमा विरोध गर्ने ठाउँ दिएको छ। यहाँ उभिएर जवाफ दिनुको सट्टा यो मिडियामा गएर ओठे जवाफ दिने ?,” उनले भने। जवाफ माग्दा सरकारले नसुनेकोमा उनले आपत्ति जनाए।

उनले लघुवित्त र दूध किसानको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण जनाए।

Logo