१८ गतेको बैठकमा जवाफ दिन सरकारलाई सभामुखको रुलिङपछि सुरु भयो संसद्

१८ गतेको बैठकमा जवाफ दिन सरकारलाई सभामुखको रुलिङपछि सुरु भयो संसद्

केन्द्रबिन्दु
126
Shares

काठमाडौँ। विवादित तीन मन्त्रीबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई जवाफ दिने रुलिङपछि सदन सुचारु भएको छ।

भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत र पर्यटनमन्त्री सुदन किरातीको राजीनामा वा बर्खास्तको माग राख्दै विपक्षी दलहरू एमाले, रास्वपा, राप्रपाले विरोध जनाएपछि बैठक स्थगित गरिएको थियो।

सभामुख देवराज घिमिरेले विवादित मन्त्रीबारे अर्को बैठकमा जवाफ दिन सरकारलाई रुलिङ गरेसँगै बैठक पुनः सुरु भएको हो। प्रतिनिधिसभाको अर्को बैठक १८ गते बस्दैछ।

Logo