संसद परिसरमा लघुवित्त ऋणीहरू प्रवेश गरेको विषयमा सभामुख देवराज घिमिरेले गम्भीर चासो व्यक्त गरेका छन् । आज साँझ उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरबाट सभामुख घिमिरेले घटनाबारे जानकारी लिएका हुन् ।
उनले सुरक्षा व्यवस्थापनबारे आफू गम्भीर र चिन्तित भएको बताए ।
सो क्रममा गृहमन्त्री श्रेष्ठले साँझ सुरक्षा अधिकारीहरूको आकस्मिक बैठक बोलाइएको र छानबिन प्रक्रिया अगाडि बढाएको जानकारी दिए ।
प्रहरी महानिरीक्षक कुँवरले घटनालगत्तै तीन सदस्यीय छानबिन समिति गठन गरेको जानकारी दिए । उनले एसएसपी दिनेशराज मैनालीको नेतृत्वमा एसपी नवराज अधिकारी र डीएसपी दिनेश घिमिरे रहेको तीन सदस्यीय छानबिन समिति गठन गरिएको, संसद भवन सुरक्षार्थ टोली परिवर्तन गरिएको जानकारी दिए ।
प्रतिक्रिया