समन्वय गरेर काम गर्नुपर्छः मुख्यमन्त्री यादव

समन्वय गरेर काम गर्नुपर्छः मुख्यमन्त्री यादव

केन्द्रबिन्दु
56
Shares

महेन्द्रनगर (धनुषा)। मुख्यमन्त्री सरोजकुमार यादवले अन्तर्राष्ट्रिय, राष्ट्रिय गैरसरकारी सङ्घ संस्थाका मधेश प्रदेशस्थित प्रतिनिधिलाई प्रदेश सरकारसँग समन्वय गरेर काम गर्न अपील गरेका छन्।

विकास साझेदारसँगको सहकार्य र आगामी कार्यदिशाका बारेमा आज आयोजित अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री यादवले समन्वय गरेर काम गर्दा सबै पक्षलाई फाइदा हुने र नतिजा प्रभावकारी हुनेसमेत बताएका हुन्।

भौतिक पूर्वाधार विकास मन्त्री कृष्णाप्रसाद यादवले विकास साझेदार काठमाडौँमा बस्ने र तिनका प्रतिनिधि राजमार्ग बस्ने प्रवृत्ति ठीक नभएको बताए।

अर्थमन्त्री सञ्जयकुमार यादवले मधेशलाई गरिब राखेर देश समृद्ध हुन्छ भन्ने प्रश्न गर्दै गैरसरकारी संस्थामा कामप्रतिको संवेदनशीलता नदेखिएको बताए। अर्थमन्त्री यादवले परिणाममुखी कार्यका लागि आपसी सहकार्य र समन्वयको आवश्यकतामा जोड दिए।

नीति आयोगका उपाध्यक्ष नाथुप्रसाद चौधरीले मिलेर काम गरे सजिलै अघि बढ्न सकिने बताउँदै कार्यक्रम भइसकेपछि पुनः मूसिका भव भने जस्तो हुन नहुने बताए। गैर–सरकारी संस्थाका प्रतिनिधि प्रमित अधिकारीले मधेशकाबारेमा धेरै अफवाह फैलिएको बताउँदै यहाँ काम गर्न सजिलो रहेको अनुभव सुनाए।

Logo