माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

केन्द्रबिन्दु
42
Shares

काठमाडौं। नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बसिरहेको छ।

बिहान साढे ८ बजे देखि पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा आज अध्यक्ष पुष्पकमल दाहालले अघिल्ला बैठकहरूमा उठेका सवालहरूको जवाफ दिने र समसामयिक राजनीतिक घटनाक्रमको बिफ्रिङ गर्ने कार्यसूची छ।

पार्टीका उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाले केहीबेर अघिदेखि बैठक बसिरहेको जानकारी दिए। हालै मात्र विधान सम्मेलन गरेको माओवादी केन्द्रले पार्टीका शीर्षनेताको कार्यविभाजन तथा जनपरिचालनलगायत विषयमा नियमित छलफल गरिरहेको छ।

माओवादीले चैत १ गतेदेखि तराई-मधेशमा अभियान सञ्चालन गर्ने तयारी पनि गरेको छ। आजको बैठकले तराई-मधेश अभियान र उत्तर-दक्षिण अभियानका विषयमा टुंगो लगाउने प्रवक्ता सापकोटाले जानकारी दिए।

Logo