पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूत सोङबीच भेटवार्ता

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूत सोङबीच भेटवार्ता

केन्द्रबिन्दु
70
Shares

काठमाडौँ। नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता भएको छ। राजदूत सोङ मंगलबार बिहान खनाल निवास डल्लु पुगेर शिष्टाचार भेटवार्ता गरेको उनको सचिवालयले जनाएको हो।

भेटमा नेकपा एकीकृत समाजवादीका विदेश विभाग सचिव डा. शङ्कर खतिवडा पनि सहभागी भएका थिए। खनाल-राजदूतबीचको भेटमा समसामयिक राजनीतिक परिस्थिति, आपसी हित तथा नेपाल चीन सम्बन्धका विविध पक्षमा कुराकानी भएको बताइएको छ।

Logo