गण्डकी प्रदेशको हिउँदे अधिवेशन आजदेखि

गण्डकी प्रदेशको हिउँदे अधिवेशन आजदेखि

केन्द्रबिन्दु
70
Shares

काठमाडौँ। गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदैछ। २ बजेदेखि सुरु हुने अधिवेशनमा प्रदेश सरकारले विभिन्न सात वटा विधेयक पेश गर्ने तयारी गरेको छ।

विषयगत समितिबाट पारित भएका आमसञ्चार र बीउबिजनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक अधिवेशनमा पेस गरिने सरकारका प्रवक्ता सरस्वती अर्याल तिवारीले जानकारी दिइन्।

त्यस्तै, अधिवेशनमा प्राइभेट फर्म दर्ता ऐन, २०७८ लाई संशोधन गर्न बनेको विधेयक र सार्वजनिक सडक निर्माण, विस्तार तथा मर्मतसम्भार गर्न बनेको विधेयक पनि सदनमा पेस गर्ने निर्णय प्रदेश सरकारले गरेको छ।

यसअघि प्रदेश मामिला तथा कानुन समितिद्वारा आमसञ्चारसम्बन्धी व्यवस्था गर्न विधेयक र सामाजिक विकास तथा कृषि समितिबाट गण्डकी प्रदेशमा बीउबिजनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत पारित भइसकेको छ।

Logo