चित्रकलाले अन्तर्राष्ट्रिय एकतालाई प्रवर्द्धन गर्छः प्रधानमन्त्री प्रचण्ड

चित्रकलाले अन्तर्राष्ट्रिय एकतालाई प्रवर्द्धन गर्छः प्रधानमन्त्री प्रचण्ड

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले चित्रकलाको माध्यमबाट अन्तर्राष्ट्रिय एकतालाई प्रवद्र्धन गर्न सक्ने बताएका छन्।

‘मुन्धुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी, २०८०’ को आज समापन गर्दै उनले प्रदर्शनमा राखिएका चित्रकला मौलिक भएको भन्दै यसले नेपालको कला,संस्कृतिलाई अन्तर्राष्ट्रियस्तरमा विस्तार गर्न महत्वपूर्ण योगदान गरेको बताएका हुन्।

उनले भने, ‘प्रदर्शनमा राखिएका चित्रकला मौलिक छ, यसले अन्तर्राष्ट्रिय एकतालाई प्रवद्र्धन गर्छ, नेपालको कला संस्कृतिलाई अन्तर्राष्ट्रियस्तरमा विस्तार गर्न यो धेरै महत्त्वपूर्ण छ ।

कलाकारिताकाको माध्यमबाट देशको प्रतिष्ठा बढाउन यहाँहरूले ठूलो योगदान गर्नुभएको छ ।’ प्रधानमन्त्रीले चित्रकला प्रदर्शनका लागि विश्वका कलाकारले तयार पारेका कलाले नेपालको भूगोल, संस्कृति एवं परम्परा चित्रमार्फत देखाइएको बताए । उनले भने, ‘यहाँका हिमाल, नदीनाला, छहरा, जङ्गल सबै नै चित्रकलामय रहेको छ । यसलाई पारखीहरूबाट ठोस आकार दिएर जब चित्रकलामा रुपान्तरण गरिन्छ, त्यसले दिने सन्देश धेरै नै शक्तिशाली हुन्छ भन्ने मैले महसुस गरेको छु ।’

काठमाडौँको आर्ट काउन्सिलमा यही फागुन ५ गतेदेखि सुरु भएको प्रदर्शनीमा विभिन्न ५० देशका चित्रकारले बनाएका एक सय ७० चित्रहरू समावेश गरिएको आयोजकले जनाएको छ।

Logo