समितिमा उठाएका विषयहरुलाई कार्यान्वयन गर्न आवश्यक छः सभापति पन्त

समितिमा उठाएका विषयहरुलाई कार्यान्वयन गर्न आवश्यक छः सभापति पन्त

केन्द्रबिन्दु
14
Shares

काठमाडौं । राष्ट्रिय सभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिमा आज नेपालका दिगो विकासका लक्ष्य कार्यान्वयनको स्थिती, अध्यन तथा मूल्यांकन प्रतिवेदन, २०८० को मस्यौदामाथि छलफल भएको छ ।

सिंहदवारमा बसेको समिति बैठकमा समिति सभापति प्रकाश पन्तले प्रतिनिधि सभा र राष्ट्रिय सभाअन्तर्गतका समितिहरुमा सांसदले उठाएका विषयहरुलाई कार्यान्वयन गर्ने कार्ययोजना बनाउन आवश्यक रहेको बताएका छन् । समितिमा सांसदले उठाएका विषयवस्तु कार्यकारी निकायले पूर्णतासाथ कार्यान्वयनमा नलगेका कारण समस्या भएको उनको भनाइ छ ।

उनले भने, ‘हामीले समितिमा उठाएका विषयहरुलाई कार्यान्वयन गर्ने कार्ययोजना पनि बनाउ, यसलाई १६ औं पञ्चवर्षिय योजना मिसाएर जाउ भन्ने तरिकाले पनि नेपाल सरकारलाई निर्देशन सुझावहरु पठाउने गरि, सुझावहरु सभामा पेश गर्ने र सरकारलाइै लेखेर पठाउने र सम्बन्धीत निकायलाई पनि पठाउने कुरा छ ।’

त्यस्तै, राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले समितिमा उठाइएका विषयवस्तु कार्यकारी निकायले पूर्णतासाथ कार्यान्वयनमा नलगेका कारण समस्या भएको बताइन् । उनले भनिन्, ‘सबै काम समितिको हातमा हुँदैन, मूल कार्यकारी स्थानमा रहेको निकायबाट यसलाई पूर्णतासाथ कार्यान्वयनमा नलगेको हुनाले समस्याहरु भएका छन् ।’

Logo