‘उदारता, भद्रता र विद्धताको त्रिवेणी हुन् सुवर्ण’ -नेता पाण्डे

‘उदारता, भद्रता र विद्धताको त्रिवेणी हुन् सुवर्ण’ -नेता पाण्डे

केन्द्रबिन्दु
14
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद बद्री प्रसाद पाण्डेले नेपाली कांग्रेसका संस्थापक नेता सुवर्ण शमशेर राणाले प्रजातन्त्रको स्थापनाका लागि खेलेको भूमिका अतुलनीय रहेको बताएका छन् ।

कांग्रेसका संस्थापक नेता सुवर्ण शमशेर राणाको ११४ औं जन्म जयन्तीको अवसरमा आयोजित ‘नेपालको प्रजातान्त्रिक आन्दोलनमा सुवर्ण शमशेरको योगदान विषयक विचार गोष्ठि एवं सुवर्ण स्मृति पुरस्कार वितरण समारोहमा बोल्दै सांसद शाहीले पुँजीवाद ओतप्रोत परिवारबाट समाजवादी मान्छे जन्मनु खोजको विषय भएको बताए । सुवर्ण शमशेर राणाले उबेला २३ वर्षकै समयमा उच्च शिक्षा हाँसी गरेको उल्लेख गर्दै पाण्डेले उनलाई उदारता, भद्रता र विद्धताको त्रिवेणी भएको उल्लेख गरे ।

उनले भने, ‘ पूँजीवादी परिवारबाट जन्मेर सरल, सादगी, भलाद्मी मान्छे हुनुहुन्थ्यो । थाहा पाउनेहरुले अलाई, भद्रता, उदारता र विद्धताको त्रिवेणी हो भन्ने गर्छन् । सुवर्ण शमशेर अहिले पनि अध्ययन, विश्लेषण तथा खोजीका विषय हुन् । यसका लागि जुन सङ्कायमा विद्यार्थीले उहाँको विषयमा अध्ययन गरेपनि हुन्छ ।’

आफ्नो लागि मात्र नभइ सिंगो नेपाली कांग्रेसको विगत, वर्तमान र भविष्यका लागि सुवर्ण शमशेर स्रोत भएको पाण्डेको भनाइ छ ।

वीपी कोइराला र सुवर्ण शमशेर जबराको सात सालको क्रान्तिबाट नै नेपालमा राणाहरूको पतन भइ प्रजातन्त्रको स्थापना भएको पाण्डेले उल्लेख गरे । उनले भने, ‘ तत्कालीन प्रजातन्त्र स्थापनाका लागि विद्रोह गरिरहनुभएका सुवर्ण शमशेर र वीपी कोइराला के कुरामा सहमत हुनुभयो भने हाम्रो लक्ष्य चाँहि ल्याउनु हो । प्रजातन्त्र ल्याउने सन्दर्भमा शान्ति तथा अशान्ति जुनसुकै बाटो रोज्न सक्छौँ भन्ने निर्णयमा उहाँहरु पुगे । बाहिर यसरी सैद्धान्तिक मान्यता तयार भइरहँदा भित्रभित्रै वीपी कोइराला र शमशेरले हतियार जम्मा गर्ने, मुक्ति सेना गठन गर्ने लाग्नु भो । पछि हतियारबाटै सात सालको क्रान्तिबाट प्रजातन्त्र स्थापना भयो ।’

Logo