सामुदायिक र निजी शिक्षालयबीच समन्वयको खाँचो छः मीनबहादुर विश्वकर्मा

सामुदायिक र निजी शिक्षालयबीच समन्वयको खाँचो छः मीनबहादुर विश्वकर्मा

केन्द्रबिन्दु
126
Shares

काठमाडौं। नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले सामुदायिक र निजी शिक्षालयबीच समन्वयको खाँचो रहेको बताएका छन्।

राजधानीमा शुक्रबार साताव्यापी राष्ट्रिय बाल नाटक मेला २०८० उद्घाटन समारोहमा उनले शिक्षा प्रदान गर्ने संस्थाहरुले दक्ष र योग्य जनशक्ति उत्पादन गर्ने भएकाले दुवैका बालबालिकाबीच विभेद हुन नहुने बताएका हुन्।

‘हाम्रो विद्यालय र पढाउने शैलीनिजीको पनि त्यही हो, र सरकारीको पनि ।निजी र सरकारीका विद्यार्थी, सामुदायिक र नीजि क्षेत्रएकअर्काबीचको आत्मीयता र समन्वयको खाँचो रहेछ भन्ने मैले बुझेको छु,’ उनले भने। शिक्षा विद्यार्थीको वृत्तिविकासमा अनिवार्य भएकाले शिक्षालय जस्तो भए पनि व्यवसायिक शिक्षाको अनिवार्यतामा उनको जोड थियो।

‘हामीले जागिर पाउने होइन काम गर्ने शिक्षाको विकास गर्नुपर्यो। हाम्रो सरकारी वा निजी विद्यालयमा पढेको विद्यार्थी काम खोज्न आउँदा के आउँछ भनेर सोध्ने हो भने काम गर्न केही पनि आउँदैन। तर,पढेको भने छ,’ उनले भने,‘त्यो पढेको सर्टिफिकेटहरु अहिलेको विद्यार्थीलाई भारी जस्तो भएको छ। त्यो लिएर गाउँ जाउँ परिवारको बेइजत, सहर बसौं बाँच्नै गाह्रो। अनि त्यो तिमीले पढेको भाषा जहाँ प्रयोग हुन्छ त्यहीँ जाउ भनेर पठाएको जस्तो अवस्था छ।’

विद्यार्थीहरु ब्रोइलर कुखुराजस्तो नभएर पढेपछि केही गर्ने क्षमता विकसित भएको हुनुपर्ने उनले बताए। ‘बोइलरलाई मर्ने दिनसम्म पनि अरुले चारो हाल्नुपर्छ, आफैं खोजेर खानै सक्दैन,हेर्दा मात्र ठूलो देखिन्छ। हाम्रो शिक्षामा यति ठूलो लगानी छ। तर कहाँनिर समस्या छ, त्यो खोजौं,’ उनले भने।

मुलुकको राजनीति ठिक भयो भने सबै क्षेत्रको लय उचित हुने तर्क उनले राखे। त्यसका लागि सबैले सधै निरन्तर खबरदारी गरिरहनुपर्ने उनले बताए। शिक्षामा भइरहेको लगानीका अनुपातमा योग्य र दक्ष जनशक्ति उत्पादनमा सबैको जोड हुनुपर्ने उनले औंल्याए।

Logo