नयाँ गठबन्धनकाे असर देखियाे गण्डकीमाः माओवादीका २ मन्त्री बर्खास्त

नयाँ गठबन्धनकाे असर देखियाे गण्डकीमाः माओवादीका २ मन्त्री बर्खास्त

केन्द्रबिन्दु
84
Shares

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेकपा माओवादी केन्द्रका दुई मन्त्रीलाई बर्खास्त गरेका छन्। संघमा सत्ता समीकरण बदलिएपछि सोमबार मुख्यमन्त्री पाण्डेले माओवादी केन्द्रबाट बनेका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशील सिम्खडा र भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीलाई बर्खास्त गरेर उत्त मन्त्रालय आफू मातहात राखेका हुन्।

केन्द्रमा नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेसको गठबन्धन तोडेर नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जसपा नेपालसँगको नयाँ गठबन्धन बनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै मन्त्रीहरु हटाएर हितमान तामाङ, डीपी अर्याल र पदम गिरीलाई बिना विभागीय मन्त्री नियुक्त गरेका छन् ।

नयाँ गठबन्धनले संघीय र प्रदेश सरकारहरूमा पनि आलोपालो सरकार चलाउने सहमति गरेको थियो।

Logo