माधव नेपाललाई भेटेपछि कांग्रेसले भन्याे- सकारात्मक पायाैं, आजै निर्णय हुन्छ

माधव नेपाललाई भेटेपछि कांग्रेसले भन्याे- सकारात्मक पायाैं, आजै निर्णय हुन्छ

केन्द्रबिन्दु
168
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच आज भेटवार्ता भएको छ ।

अध्यक्ष नेपालको कोटेश्वरस्थित निवासमा भएको भेटवार्तामा विकसित पछिल्लाे राजनीतिक घटनाक्रमबारे छलफल भएको थियो । पूर्वप्रधानमन्त्रीद्वयबीचको सो भेटमा सहभागी नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले परिवर्तित सन्दर्भबारे सकारात्मक कुराकानी भएको जानकारी दिए ।

उनले एकीकृत समाजवादीको आजै बस्ने सचिवालयको बैठक र निर्णयका आधारमा आफूहरुबीच पुनः छलफल हुने समेत उल्लेख गरे ।

अध्यक्ष नेपालसँग मङ्गलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलगायतले पनि भेटवार्ता गरेका थिए ।

Logo