नेविसंघकाे केन्द्रीय समिति बैठक फागुन २७ गते

नेविसंघकाे केन्द्रीय समिति बैठक फागुन २७ गते

केन्द्रबिन्दु
14
Shares

काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ(नेविसंघ)को केन्द्रीय समिति बैठक फागुन २७ गतेलाई तोकिएको छ ।

मंगलबार विहान नेविसंघ प्रवक्ता विजय खड्काले एक विज्ञप्ति जारी गर्दै पछिल्लो राजनीतिक परिवर्तन र आन्तरिक छलफलका कारण बैठक २७ गतेलाई तय गरिएको जानकारी दिए । बैठक फागुन २७ गते विहान त्रिभुवन विश्वविद्यालय किर्तिपुरको स्मृति हलमा आयोजना गरिने विज्ञप्तिमा भनिएको छ । यसअघि फागुन १५ गतेलाई तोकिएको बैठक संस्थापन र इतर पक्षविच मतभेत हुँदा स्थगित गरिएको थियो ।

अध्यक्ष दुजाङ शेर्पाको संयोजकत्वमा बनेको तदर्थ समिति विस्तारको सात महिनापछि ऐतिहासिक बैठक बस्नेगरी भब्य तयारी गरेको थियो । तर विवादकाविच शेर्वाको अगुवाइमा फागुन १६ गते बैठक बसेको भएपनि इतर पक्षका केन्द्रीय सदस्यहरु सहभागी भएका थिएनन् ।

शेखर–गगन समूहले भने पाँचबुँदे निर्णय गर्दै केन्द्रीय तदर्थ कार्यसमितिका समानान्तर बैठक सम्पन्न गरेको थियो । असन्तुष्ट पक्षले शेर्पाले दुई वर्षको अवधिमा सहयात्रीहरूसँग समन्वय नगरेको, एकलौटी कार्यशैली देखाएको कार्यसम्पादन र पार्टीको नीति निर्देशन अनुसार काम नगरेको लगायतका आरोप लगाएको छ ।

Logo