देउवासँगको भेटपछि नेकपा एसका नेताहरु जुटे छलफलमा

देउवासँगको भेटपछि नेकपा एसका नेताहरु जुटे छलफलमा

केन्द्रबिन्दु
140
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आलोकनगरमा सुरु भएको छ ।

नेकपा एमाले र माओवादी केन्द्रसहितको नयाँ गठबन्धनमा सहभागी हुने वा नहुने विषयमा छलफल गर्न बोलाइएको बैठकले सरकारमा एस सहभागी हुन्छ कि हुँदैन भन्ने टुंगो लगाउनेछ ।

नेपाललाई सरकारमा सहभागी गराउन प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबारबाटै निरन्तर अनुरोध गरिरहेका छन् ।
त्यस्तै बुधबार बिहान मात्र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाललाई भेटेर सहकार्यका लागि प्रस्ताव गरेका थिए । पछिल्लो राजनीतिक परिवर्तनका बारेमा छलफल गर्न भन्दै पत्नी आरजु र नेता रमेश लेखकलाई साथै लिएर देउवा नेपाल निवास कोटेश्वर पुगेका थिए ।

११ बजे बोलाइएको बैठक एक घण्टा ढिलो गरी सुरु भएको छ । बैठक बस्नुअघि अध्यक्ष माधव नेपाललले बैठकले कस्तो निर्णय गर्ला भन्ने सञ्चारकर्मीको प्रश्नमा भने,‘बैठकपछि थाहा हुन्छ ।’

Logo